पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९४ औँ जन्मजयन्ती मनाईंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, ८ पुष । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको आज ९४ औँ जन्मजयन्ती मनाईंदैछ ।

सन्त नेता नेपाली राजनीतिमा निष्ठा र इमान्दारीताको पर्यायका रुपमा किसुनजीको नामले चिनिने काँग्रेसका संस्थापक नेता भट्टराईको ९४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईन लागेको हो ।

राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती तानाशाही शासन व्यवस्थामा १४ वर्ष जेल बसेका थिए ।भट्राईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।

विक्रम संवत १९८१ सालमा जन्मिएका भट्टराईको  सम्झनामा विशेष कार्यक्रम हुँदैछ ।  पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई इमान र नैतिक राजनेताका रुमपा परिचित रहेका छन् ।

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बालुवाटारबाट निस्कने क्रममा एउटा छाता माटोको सुराही र टीनको बाकसमात्र आफूसँग लिएर कुपण्डोलमा रहेको भान्जाको घरमा आएका भट्टराईले जीवनको उत्तरार्धका धेरै वर्ष बाँडेगाउँमा रहेको आश्रममा बिताएका थिए । अध्ययनका लागि भारत गएका भट्टराईले भारतीय स्वतन्त्रता आन्दोलनमा पनि सहभागी थिए । राजनीतिक जीवनमा महात्मा गान्धीलाई प्रेरणा ठान्ने भट्टराईले आफ्नो जीवनमा ओशो चिन्तन र दर्शनबाट पनि प्रभावित रहेको थिए ।

२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि गरी उनी दुई पटक मुलुकको प्रधानमन्त्री बनेका थिए । उनको निधन २०६७ साल फागुन २० गते भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);