आज वीपी जयन्ती, योगदान बिर्सदैं, जयन्ती मनाईदैं | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आज वीपी जयन्ती, योगदान बिर्सदैं, जयन्ती मनाईदैं

काठमाडौं । आज नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी देशभर मनाईदैं छ।

राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याउँदै नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको संझनामा हरेक वर्ष आजकै दिन अर्थात उहाँको जन्मजयन्ती पारेर विभिन्न कार्यक्रम आयोजना गर्ने गरिन्छ ।

नेपालमा राणा शासन अन्त गरी प्रजातन्त्र स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइरालाले नेपाली राजनीति र समाजलाई दुरगामी महत्वको दर्शन प्रतिपादनसमेत गरेका थिए । वीपीको समाजवाद नेपाली राजनीतिलाई नयाँ दिशा दिने कोसेढुंगा रहेको विश्लेषकहरुको भनाई छ । तर, उहाँकै दल नेपाली काँग्रेसले वीपीको आदर्श भुलेको विषय उठ्ने गरेको छ ।

वीपी राजनीतिका साथै साहित्यमा पनि छाउनुभएको थियो । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाई’ र ‘बाब,आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् ।

त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छन् । बीपीको क्यान्सर रोगका कारण २०३९ साउन ६ गते निधन भएको थियो ।

भिडियाे

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);