आज मोती जयन्ती मनाइदैं | ईमाउण्टेन समाचार

Our Network

असोज ७ २०८३, बिहीबार

आज मोती जयन्ती मनाइदैं

काठमाडौं, २८ भदौ । आज युवाकवि मोतीराम भट्टको १५८ औं जन्मजयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरेर मनाइँदै छ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर वि.सं.१९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा स्वार्गावास हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यमा ठूलो योगदान दिनुभएको कदरस्वरुप उहाँको जन्मजयन्ती मनाउने गरिन्छ ।

नेपाली साहित्यको श्रृङ्गार रसलाई योगदान दिएका युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनाका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो ।

Leave a Reply