युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती

काठमाडौँ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

विसं १९२३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्णऔँसी अर्थात् कुशेऔँसीकै दिन तिस वर्षको उमेरमा उनको निधन भएको थियो ।

हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ

यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी

विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई

नेपाली भाषामा गजलको प्रारम्भ मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम, नारी संगत र सामीप्यता पाइन्छ । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेको चर्चित रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए ।

भट्टका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको मुख्य छन् । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । साथै नेपालमा छापाखाना भित्र्याउने योगदान पनि उनैलाई जान्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);