पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

मुग्लीन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा आज बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।

पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलमा पुगेको छ । ठूलो पहिरो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);