पहिरोका कारण काठमाडौं– हेटौंडा जोड्ने सबै सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पहिरोका कारण काठमाडौं– हेटौंडा जोड्ने सबै सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण हेटौंडा–काठमाडौं जोड्ने सबै सडक अवरुद्ध भएको छ ।

बिहीबारदेखि लगातार परिरहेको वर्षाका कारण मकवानपुरको विभिन्न स्थानमा पहिरो खसेपछि हेटौंडा–काठमाडौं जोड्ने ४ वटै सडक अवरुद्ध भएको हो ।

हेटौंडा काठमाडौं जोड्ने त्रिभुवन राजपथ अन्र्तगतको हेटौंडा–भैसे–पालुङ–नौबिसे काठमाडौं सडक खण्डको विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

त्यस्तै काठमाडौं जोडने छोटो दुरीको मार्ग भैसे–कुलेखानी–भिमफेदी–काठमाडौं जोड्ने सडक फाखेल–हुमाने र सिस्नेरी–दक्षिणकाली सडक खण्ड पनि पहरोका कारण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी कान्तिलोकपथ र मुग्लिन नारायणगढ सडक पनि अवरुद्ध भएको छ । कान्तिलोकपथ अन्तर्गत ललितपुरको भट्टेडाडामा पनि पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउने प्रयासमा वर्षाका कारण पहिरो हटाउन समस्या भइरहेको पूहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);