पहिरो खसेपछि भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पहिरो खसेपछि भीमफेदी–कुलेखानी सडक खण्ड अवरुद्ध

हेटौंडा । एक दिन अघि मात्रै पहिरो पन्छाएर सञ्चालन आएको भीमफेदी–कुलेखानी सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

मंगलबार बिहानदेखि परेको वर्षाका कारण खसेको पहिरोका कारण हेटौंडालाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–कुलेखानी सडक खण्ड पुनः अवरुद्व भएको हो ।

मकवानपुरको भीमफेदी गाउँपालिका–६स्थित साउनेखोल्चीमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पहिरोका कारण बिहान १० बजेबाट अवरुद्ध भएको सडक सञ्चालनमा ल्याउन पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि त्यहाँबाट आवातजावत गर्ने यात्रु भने मारमा परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);