पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

पहिरोले भैंसे–भीमफेदी सडक अवरुद्ध

मकवानपुर । मकवानपुरको भैंसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति ठूलो पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा सोमबार बिहानैदेखि यातायात सेवा ठप्प भएको छ ।

भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सवारीहरु सडक मै अलपत्र परेको छ । सुमो जिपलगायत अन्य हल्का सवारी पनि भैंसेदेखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतीक्षामा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

धोर्सिङलगायत अन्य स्थानमा दुई स्काभेटरले पहिरो पन्छाउने कार्य गरिरहेको र पहिरो पन्छाउन अझै केही घण्टा समय लाग्ने प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भई सवारी साधन बाटो मैँ रोकिँदा काठमाडौं जाने यात्रुहरु अलपत्र परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);