चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चोरीपैठारीको सामान बरामद

महोत्तरी । महोत्तरीको जलेश्वर नगरपालिका–२ लच्कास्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरीले आइतबार सो मूल्य बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको हो ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश भुवाजीको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);