सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सशस्त्र प्रहरीद्धारा चोरीपैठारीको सामान बरामद

chori

सर्लाही । सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरको छ ।

भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाँडाबर्तन तथा गुट्खा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय मलगंवामा बुझाईएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास ईलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);