लकडाउनको सदुपयोग गर्न स्याङ्जाका शिक्षकहरु मिलेर शुरु गरे कृषि कर्म | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लकडाउनको सदुपयोग गर्न स्याङ्जाका शिक्षकहरु मिलेर शुरु गरे कृषि कर्म

स्याङ्जा । लकडाउनको समयमा विद्यालय बन्द भएपछि स्याङ्जाको एक विद्यालयका शिक्षक कृषि कर्ममा लागेका छन् ।

गल्याङ नगरपालिका वडा नम्बर ११ मा रहेको श्री बज्रेभञ्ज्याङ माध्यमिक विद्यालयका शिक्षकले लकडाउनको समय सदुपयोगका र आम्दानीका लागि जग्गा भाडामा लिएर खेति शुरु गरेका हुन् ।

उनीहरुले विद्यालय नजिकै २५ रोपनी जग्गा भाडामा लिएर शुरु खेति गरेका हुन् । उनीहरुले यो जग्गामा अदुवा खेती गरिरहेका छन् । खेतीबाट भएको आम्दानीको केही हिस्सा विद्यालयको स्तरोन्नती तथा भौतिक निर्माणमा खर्च गर्ने शिक्षकको तयारी छ ।

यसअघि विद्यालयले कृषि क्षेत्रमा पनि विद्यार्थीलाई सहभागी गराउन गोलभेडा खेती गरेका थिए। अहिले त्यो ठाउँमा खुर्सानी लगाइएको छ । प्रत्येक कक्षाका विद्यार्थीलाई क्षेत्र छुट्याएर कृषि उत्पादनमा समेत प्रतिस्पर्धा गराइएको छ ।

विद्यालयले भाडामा लिएको जग्गामा अहिलेसम्म तरकारी र मकै उत्पादन भैसकेको छ । विद्यालयका शिक्षकहरु मिलेर गरिरहेको कामलाई स्थानीय अभिभावकहरुले पनि साथ दिइरहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);