विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी

रामेछाप, ३ चैत । विद्यालयमा विद्यार्थीहरु नआउने, आए पनि बिचैमा विद्यालय छाड्ने भएपछि रामेछापको एक विद्यालयले नयाँ विधिको प्रयोग गरेको छ ।

आदिवासी माझी समुदायका विद्यार्थीहरुले पढ्ने जिल्लाको खाँडादेवी गाउँपालिका ३ भिरपानीको एक विद्यालयले विद्यार्थीको निरन्तरता र अभिभावको संलग्नताको लागि भाडामा जग्गा लिएर विद्यार्थीलाई शिक्षा र अभिभावकलाई रोजगारी प्रदान गरिरहेको छ ।

सिमान्कृत माझी समुदायको मात्र बसोबास रहेको सित्खाको माझी बस्तीबाट अहिलेसम्म एकजनाले पनि एसएलसी पास गरेका छैनन् । यसैलाई ध्यानमा राखि जखनी स्थान आधारभुत विद्यालयले विद्यार्थीलाई नियमित र अभिभावको विद्यालयसंगको आवद्धता जोड्नको लागि नयाँ प्रयोग सुरु गरेको छ ।

विद्यालय आसपासको २२ रोपनी भन्दाबढी जग्गा विद्यालयले भाडामा लिएको छ । सो जग्गामा वडा कार्यालयको सहयोगमा माछा पोखरी निर्माण गरिएको छ । साथै अन्य जग्गामा तरकारी खेती, धान गहुँ लगायतको खेति सोही बिद्यालयमा रहेका बिद्यार्थीका अभिभावकलाई गर्न लगाइएको छ ।

विद्यालयमा पहिला खासै विद्यार्थीहरु नहुने भए पनि यो कार्यक्रम सुरु भए पछि बिद्यार्थी नियमित भएका छन् ।

आर्थिक रुपमा विपन्न माझी समुदायका अभिभावकहरुले विद्यालयको जमिनमा खेति लगाए वापत केही अंश विद्यालयलाई दिन्छन् । त्यस्तै माछा पोखरीको उत्पादनको पनि ४० प्रतिशत विद्यालय र ६० प्रतिशत समुदायले लिने गर्दछन् ।

समुदायले विद्यालयलाई बुझाउने तकारी, अन्न लगायतको उत्पादन सोही विद्यालयमा पढ्ने बालिबालीकाहरुलाई खाना खुवाउन प्रयोग गरिन्छ । अहिले विद्यालयले विद्यार्थीहरुलाई बिहानको खाना र दिउँको खाजा विद्यालयमा नै व्यवस्था गरेको छ ।

शिक्षा क्षेत्रको सुधारका लागि खाँडादेवी गाउँपालिकाको एक विद्यालय एक उत्पादन कार्यक्रम अन्तरगत विद्यालयहरुले माछा तथा तरकारी र अन्य खेति सुरु गरेका छन् । यसले शिक्षामा गुणस्तरीयता बढ्नुका साथै विद्यालयको आम्दानीको श्रोत समेत बढ्दै गएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);