कोरोना भाइरस : जुनसुकै अवस्थामा पनि सरकारलाई सहयोग गर्न चिकित्सक संघ तयार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोरोना भाइरस : जुनसुकै अवस्थामा पनि सरकारलाई सहयोग गर्न चिकित्सक संघ तयार

काठमाडौं, ३ चैत । नेपाल चिकित्सक संघले कोरोना भाइरस (कोभिड—१९) को सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ ।

कोरोना संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गर्दै संघले सहयोगका लागि तयार रहेको जनाएको हो ।

संघले उपचारका लागि तोकिएका अस्पतालहरुमा रहेका अन्य विरामीहरुलाई अन्य अस्पतालमा स्थानात्रण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरुमा देखिएको अवस्थालाई मध्यनजर गर्दै सरकारी पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताउनुभयो ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम दिनुपर्ने अवश्यकता भएपनि त्यो हुन नसकेको र पेशागत संघसंस्थाहरुसँग सहकार्यका लागि पनि सरकार तयार नभएको उहाँले बताउनुभयो ।

भयभित नबनी आवश्यक तयारी गर्न तथा सुरक्षीत र सतर्क रहन आग्रह गर्दै संघले चिकित्सकहरुलाई सहज रुपमा काम गर्ने व्यवस्था मिलाउन विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार प्रशिक्षण, बीमा र प्रोत्साहनको व्यवस्था गर्नुपर्ने विज्ञप्ती मार्फत जनाएको छ ।

सम्भाव्य जोखिम न्युनिकरण तथा ल्याब टेष्टको दायरा बढाउन आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्था गर्न संघले सरकारसँग आग्रह गरेको छ । विमानस्थल र सीमा नाकामा हुने चेकजाँचलाई प्रभावकारी र व्यवस्थित बनाएर नेपाल प्रवेश गर्ने व्यक्तिहरुको निगरानी राख्ने र थप चेकजाँच तथा उपचारको प्रबन्ध गर्नुपर्ने संघले बताएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);