व्यवसायीलाई तत्काल खोपको व्यवस्था गर्न मुख्यमन्त्री पोखरेलसँग माग | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

व्यवसायीलाई तत्काल खोपको व्यवस्था गर्न मुख्यमन्त्री पोखरेलसँग माग

दाङ । उद्योगी, व्यवसायीहरूलाई तत्काल खोपको व्यवस्था गर्न तुलसीपुर उद्योग वाणिज्य संघले माग गरेको छ । कोरोना महामारीमा अति आवश्यक सेवाहरू प्रवाह गरिरहेका व्यक्तिहरूलाई खोप लगाउन सरकारले ढिलाई गरिरहेको भन्दै संघले प्रदेश सरकारको ध्यानाकर्षण गराएको प्रेस सल्लाहकार शरद रेग्मीले बताए ।

सोमबार संघका अध्यक्ष रामप्रसाद चालिसेको अगुवाईमा बुटवल पुगेको टोलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल समक्ष कोभिड महामारीमा अग्रपंक्तिमा अति आवश्यक सेवा प्रवाह गरिरहेका उद्योगी, व्यवसायी र आम सर्वसाधारणहरूमा तत्काल कोरोना भाइरस विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

साथै, संघले मुख्यमन्त्री समक्ष तुलसीपुर लगायत पश्चिम दाङको आर्थिक समृद्धि र विकासका मागहरू सहितको अनुरोधपत्र समेत पेश गरेको छ । सो अवसरमा मुख्यमन्त्री शंकर पोख्रेलले आफू जिल्लाको समग्र विकासका लागि प्रतिबद्ध रहेको बताए । भौतिक विकास र बिस्तारमा स्थानीय सरकार र निजीक्षेत्रको सुझावमा आफू बजेट बिनियोजन गर्न तयार रहेको बताए ।

जग्गाको स्वामित्व ग्रहण गरेको खण्डमा आफू तुलसीपुरका लागि सभाहलमा बजेट बिनियोजन गर्न तयार रहेको पनि मुख्यमन्त्री पोख्रेलले प्रतिबद्धता व्यक्त गरे । उनले नारायणपुरमा एयरपोर्ट सञ्चालन गर्नका लागि सबै पार्टीको साझा एजेण्डा बन्नु पर्नेमा जोड दिनु पर्ने बताए । उनले तुलसीपुरमा इन्धन डिपो स्थापनाका लागि काम सुरु भैसकेको हुदा तत्कालका लागि साना जहाजहरू नियमितरूपमा सञ्चालन गर्न आफूले अन्य एयरलाइन्सहरूलाई समेत आग्रह गर्ने बताए ।

सो अवसरमा संघका महासचिव विनिल केसी, कोषाध्यक्ष देब बहादुर केसी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);