सप्तरीमा नरिवलको रुखबाट खसेर एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

सप्तरीमा नरिवलको रुखबाट खसेर एकको मृत्यु

death

सप्तरी । सप्तरीको कञ्चनपुर नगरपालिका ११ मा नरिवल टिप्नको लागि रुख चढेका एक पुरुषको रुखबाट खसेर मृत्यु भएको छ ।

सोमबार सप्तरीको कञ्चनपुर नगरपालिका ३ निवासी ५० वर्षीय सतो खंग खत्वेको नरिवल टिप्नको लागि चढेको रुखबाट खसेर गम्भीर घाईते भएका थिए । उनलाई उपचारका लागि अस्पताल लाने क्रममा बाटो मै मृत्य भएका थियो ।

मृतकको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाईएको छ भने घटना बारे थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);