एनसेल र यूएनडीपीबीच दिगो विकासका लागि साझेदारी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एनसेल र यूएनडीपीबीच दिगो विकासका लागि साझेदारी

काठमाडौं । एनसेल र यूएनडीपीले नेपालमा दिगो विकास तथा स्वस्थ जवन र स्वच्छ सहरका लागि साइकल यात्रा प्रबद्र्धन गर्ने अभियानको लागि साझेदारी गरेका छन् ।

साइकल अभियानलाई हरितमार्ग एपको माध्यमबाट यसअघि नै प्रवद्र्धन गरिँदै आएको एनसेलले जनाएको छ । सहरबासीका लागि स्वच्छ, स्वस्थ् र सुपथ रहेको साइकल यात्रा वैकल्पिक माध्यम हुनसक्ने भन्ने विषय पुष्टि गर्नु समेत अभियानको उद्देश्य रहेको जनाइएको छ ।

एनसेल र यूएनडीपीले यही उद्देश्यका साथ काठमाडौं उपत्यका बाहिरका अन्य सहरका लागि समेत काम गर्ने भनिएको छ । यो अभियानले आर्थिक, स्वास्थ्य लगायत वातावरणीय तथा कोभिड सम्बद्ध सुरक्षाका लागि समेत साइकल प्रयोग गर्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);