आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आफ्नै घरको छतबाट खसेर भक्तपुरमा युवकको मृत्यु

भक्तपुर। भक्तपुरको मध्यपुर थिमि नगरपालिका-६ मिलरोडमा आफ्नै घरको छतबाट खसेर एकजनाको युवकको ज्यान गएको छ । मिलरोडमा रहेको भुवन श्रेष्ठको साढे चार तले पक्की घरको चौथौ तलाबाट खसेर उनका १७ वर्षीय  छाेरा भुमिनलाल श्रेष्ठको मृत्यु भएको हो ।

घरबाट खसेर छिमेकीको घर कम्पाउन्डमा पछारिएपछि उनी गम्भीर घाइते भएका थिए । घाइतेपछि उपचारका लागि नजिकैको नागरिक अस्पताल थिमि लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सूचना अधिकृत राजु पाण्डेले घटनास्थलमा अनुसन्धान अधिकृतसहितको टोली खटी प्रारम्भिकम अनुसन्धान गरिएकाले घटनाबारे थप जानकारी लिने काम भइरहेको बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);