लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ३ २०८०, शनिबार

लुभुमा घरको दुई तलामाथिबाट खसेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुरको लुभुमा घरको दुई तलाबाट खसेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बृद्धा महिला रहेकी प्रहरीले जनाएको छ ।बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभु टाउनप्लानिङ बस्ने ६६ वर्षीया सन्तुमाया श्रेष्ठको आफ्नो घरको दुई तलबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुई तलामाथिबाट खसेपछि श्रेष्ठ गम्भीर घाइते भएकी र उनलाई उपचारको लागि किष्ट अस्पताल लगिएकोमा बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);