बालुवाको सट्टा माटो प्रयोग गरेर पर्खाल निर्माण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बालुवाको सट्टा माटो प्रयोग गरेर पर्खाल निर्माण

मुगु । नेपालको सबैभन्दा ठुलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि माटो मात्र प्रयोग गरेको पाइएको छ ।

ताल्च जिरो प्वाइन्टदेखि सल्लेरीसम्मको करिब ४ किलो मिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको हो । मुगुको रारा जोड्ने ताल्चा सल्लेरी सडक खण्डमा मेसेनरी वाल बनाउने काममा बालुवा प्रयोग गर्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरेको पाइएको छ ।

सडकको स्वरुप हेर्दा ग्राभेल भएको जस्तो छैन र पहिरो रोक्न वाल निर्माणमा गुणस्तरहीन काम भएको पाइएको छ । मेसेनरी वाला निर्माणमा बालुवा, सिमेन्ट र ढुङ्गाको समिश्रण हाल्नुपर्ने भए पनि बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको छायांनाथ रारा नगरपालिका(८ का स्थानीय हरिकृष्ण बिष्टले बताए ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारा जाने यो सडकमा सिमेन्टमा बालुवा मिसाएर प्रयोग गर्नुको साटो माटो प्रयोग गरेर गुणस्तरहीन वाल बनाइँदै गरिएको छ । यस सडकमा काम गरिरहेका कामदारले पनि बालुवाको नाममा माटो प्रयोग गर्ने गरेका र ठेकेदारले जे काम गर्न आदेश दिन्छ त्यसै अनुरुप काम गर्ने गरेको कामदारहरूले बताएका छन् ।

सडक डिभिजन कार्यलय जुम्लाअन्तर्गत २ करोड ३८ लाख लागतमा नाङजिल एण्ड आकांक्षा मजदुर जेवीले सडकको वाल निर्माण तथा ग्राभेल गर्ने कामको जिम्मा पाएको हो । सडक निमार्णको काममा ग्राभेल राम्रै भए पनि वाल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको छायांनाथ रारा नगरपालिका(८ का वडा अध्यक्ष कर्णबहादुर रावलले बताए ।

यस सडकको लम्बाई ४ किलोमिटर ४ सय ६० मिटर छ । सडकको अधिकांश मेसेनरीवाल निर्माणमा टालटुल गरेको पाइन्छ । कामको जिम्मा पाएको ठेकेदार कम्पनीले कामदारहरूलाई पेटिमा काम गर्न लगाउने र घनमिटरका आधरमा प्रतिघनमिटर १ हजारका दरले भुत्तानी गर्ने गरेको खुलेको छ ।

ठेकेदार कम्पनीको लापरबाहीले बालुवाको साटो माटो प्रयोग गरेर गैरजिम्मेवार रुपमा काम गरिएको कर्णजङ्ग शाहीले जानकारी दिए । दीर्घकालीन सोचसहित गुणस्तरीय काम हुन नसके यहाँका सडक कसैका लागि कमाइ खाने भाँडो मात्र बनेको प्रष्ट बुझ्न सकिन्छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);