मध्यनेपाल नगरपालिकाले गर्‍याे सय दिनकाे कार्य प्रगति सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

मध्यनेपाल नगरपालिकाले गर्‍याे सय दिनकाे कार्य प्रगति सार्वजनिक

लमजुङ ।स्थानीय निर्वाचनपछिका एक सय दिनमा भएका कार्यप्रगति सार्वजनिक गरेकाे छ । नेपालकै मध्यभागमा रहेकाे याे नगरपालिकाले ३० वैशाख ०७८ मा सम्पन्न स्थानीय निर्वाचनपछि नगरपालिकाले गरेका १३ वटा कार्यप्रगतिबारे बुँदागत रूपमा जानकारी गराएकाे हाे । नगर प्रमुख रमेशकुमार पाण्डेले सय दिनकाे कार्यप्रगतिबारे जानकारी गराउँदै यस अवधिमा नगरपालिका क्षेत्रभित्र रहेका क्याम्पसहमा पढ्ने विद्यार्थीलाई स्नातक तहमा अध्ययन गर्दा उक्त तह निःशुल्क पढाउने ब्यवस्था गरिएकाे बताए । उनले नगरपालिकाकाे वडा नम्बर ७ र ८ का वडा कार्यालयकाे भवन निर्माण सम्पन्न गरी आफ्नै भवनबाट सेवा प्रदान गर्न थालिएकाे र नगरपालिकामा आउने सबै सेवाग्राहीलाई नि:शुल्क फाेटाेकपी सेवा उपलब्ध गराइएकाे बताए ।

यस अवधिमा नगरकाे वडा नम्बर ३ मा निर्माणाधीन अवस्थामा रहेकाे १५ शैयाकाे अस्पतालकाे पहिलाे एक तलामा ढलान सम्पन्न भएकाे र वडा नम्बर १, २, ७ र ९ मा सडक कालाेपत्रे गर्ने कार्यलाइ तीब्रता दिई काम अगाडि बढाइएकाे पाण्डेले जानकारी गराए । उनले नगरपालिकाले मृगाैलापीडित (डायलाइसिस, मृगाैला प्रत्याराेपणा) र क्यान्सर पीडितहरूकाे तथ्यांक संकलन गरी मासिक तीन हजार उपचार खर्च दिने कार्य अगाडि बढाएकाे पनि जानकारी दिए ।पाण्डेले नगरपालिकाकाे निर्माणाधीन अवस्थामा रहेकाे प्रशासकीय भवन यही आउँदाे कात्तिक मसान्तसम्म सम्पन्न हुने गरी कार्य अगाडि बढाइएकाे र नगर क्षेत्रभित्र रहेका धार्मिक स्थलहरूमा साैर्य ऊर्जा जडान कार्य अगाडि बढाएकाे उनले बताए ।

नगरपालिकाले आवब. २०७८/०७९ मा सञ्चालन गरेका स्वास्थ्यतर्फका कार्यक्रमहरूबाट वार्षिक कार्यक्रमकाे नगरस्तरीय समीक्षा गर्दै जिल्ला र प्रदेशसम्म सहभागी भई गण्डकी प्रदेशमै मूल्यांकनमा प्रथम स्थान हासिल गर्न सफल भएकाे जनाएकाे छ । गत आवमा सञ्चालित कार्यक्रमहरूकाे मलेप गर्ने काम पनि सम्पन्न भएकाे नगर प्रमुख पाण्डेले बताए । त्यस्तै नगरपालिकाकाे पहलमा रम्घा स्वास्थ्य चाैकीमा एम्बुलेन्स सेवा विस्तार गर्न लागिएकाे र वडा नम्बर २ र ४ जाेड्ने माेटरेबल पक्की पुलकाे निर्माण कार्य अगाडि बढाइएकाे पनि नगर प्रमुख पाण्डेले बताए । पाण्डेले यस अवधिमा सर्वसम्मत र उत्साहित रूपमा नगर सभा सम्पन्न गरिएकाे पनि जानकारी दिएका छन् । मध्यनेपाल नगरपालिकाले लमजुङमै पहिलाे आफ्नाे एक सय दिनकाे कार्यप्रगतिबारे जानकारी गराएकाे हाे । आठवटा स्थानीय निकाय रहेकाे लमजुङमा चार नगर र चार गाउँपालिका छन् । अन्य पालिकाहरूले अहिलेसम्म सय दिनका कामकाे जानकारी गराएका छैनन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);