निर्माणाधिन घरको दोस्रो तलाबाट खसेर घाइते भएका कामदारको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

निर्माणाधिन घरको दोस्रो तलाबाट खसेर घाइते भएका कामदारको मृत्यु

death body

सुबास चौलागाई
भक्तपुर, १६ माघ ।
भक्तपुरको मध्यपुर थिमिको कुण्डोलमा निर्माणाधिन घरको दोस्रो तलाबाट खसेर केहिदिन पहिले घाइते भएका एक कामदारको उपचारको क्रममा मृत्यु भएको छ ।

गत माघ १० गते मध्यपुर थिमि कुण्डोलमास्थित ठाकुर अधिकारीको निर्माणाधिन घरको दोस्रो तलामा काम गर्दा अचानक लडेर घाइते भएका काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका–६ घर भई सोहि स्थान बस्ने ४० वर्षीय प्रेम मगरको उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते मगरको भक्तपुरको थिमिस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको थियो। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारा थापाले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);