उद्योगी व्यवसायीद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

उद्योगी व्यवसायीद्वारा प्रदेश सरकारलाई ध्यानाकर्षण

जनकपुरधाम,२१ भदाै । जनकपुरधामका उद्योगी व्यवसायीले कोरोनाले व्यवसाय चौपटमा परेका भन्दै प्रदेश २ सरकार र स्थानीय प्रशासनलाई आईतबार ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजार व्यावसाय संचालनको वातावरण बनाइदिन माग गरेका हुन् । कोरोना महामारीका कारण भएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग व्यवसाय संकटमा परेकोले ठोस मापदण्ड बनाएर उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

व्यवसायीले मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई समक्ष ज्ञापनपत्र बुझाएका हुन्। यस्तै कोरोना परीक्षणको दायरा बढाउन, दुई वटा थप पीसीआर मेसिन तत्काल संचालन गर्न ल्याउन समेत माग गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);