मुख्यमन्त्री केसी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नी र मुटुको बिरामीलाई थप २ लाख सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

मुख्यमन्त्री केसी सरकारको पहिलो निर्णय : क्यान्सर, किड्नी र मुटुको बिरामीलाई थप २ लाख सहयोग

बिमल क्षेत्री,
बुटवल । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि थप दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, किड्नी परिवर्तन र मुटुको भल्व फर्नुपर्ने बिरामीहरुलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाखका दरले उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले मातृ मृत्युदर कम गर्न लुम्बिनी प्रदेशका स्थानीय तहको मागको आधारमा एक-एक वटा पोर्टेवल अल्ट्रासाउन्ड मेसिनसहित तालिम प्राप्त नर्स उपलब्ध गराउने पनि निर्णय गरेको छ ।

बैठकले प्रदेश ५, प्रदेश सरकार (कार्यसम्पादन पहिलो संशोधन) नियमावली २०७८ स्वीकृत गरेको छ । यस्तै कोभिड १९ का बिरामीको तत्काल उद्दार गर्न हटलाइन र सवारी साधन एम्बुलेन्सको व्यवस्था गर्ने र सो को खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

यसैगरी कोरोना प्रभावित क्षेत्रमा घुम्ती शिविरमार्फत एन्टिजेन टेष्टको व्यवस्था गरी कोभिड प्रभावितको उपचार र उद्दार गर्ने पनि निर्णय गरेको छ । यसैगरी कोभिड १९ विरुद्धको खोप वितरण प्रणालीलाई प्रभावकारी बनाई प्रदेशबासी जनतालाई खोपको सुनिश्चिता गर्न विशेष व्यवस्था गर्ने निर्णय भएको प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

बैठकले सरकारको प्रवक्तामा कृष्णध्वज खड्कालाई चयन गरेको छ । यसैगरी मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगीलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

नेकपा एमालेका तत्कालिन सांसद डाँगीले गत वैशाखमा पदबाट राजीनामा दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);