संविधानको अक्षरशः पालना र संघीयता कार्यान्वयन सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

संविधानको अक्षरशः पालना र संघीयता कार्यान्वयन सरकारको प्राथमिकता : मुख्यमन्त्री केसी

यस वर्षको बजेट कोरोना नियन्त्रणमा केन्द्रीत गरिने

बिमल क्षेत्री,
रुपन्देही
। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले संविधानको अक्षरशः पालना र संघीयताको कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

बुटवल उद्योग वाणिज्य संघको नव उद्यमशाला कार्यक्रमको मंगलबार बुटवलमा समापन गर्दै मुख्यमन्त्री केसीले परिवर्तनकारी शक्तिहरुको गठवन्धनबाट बनेकाले संविधान र संघीयता कार्यान्वयन गर्नु प्रदेश सरकारको दायित्व भएको बताए ।

मुख्यमन्त्री केसीले कोरोना संक्रमणबाट जनताको जीवन बचाउने अभियानलाई सरकारले पहिलो प्राथमिकता बनाउने बताए ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजूले संघले आफ्नो सचिवालय भवन लुम्बिनी प्रदेश सभालाई उपलब्ध गराएर सहयोग गरेको तर सरकारले यसपटकको वजेटमा बुटवलका अन्य व्यवसायिक संस्थालाई बजेट दिएको भएपनि आफ्नो संघलाई नदिएर पक्षपात गरेको गुनासो गरे ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);