लुम्बिनी प्रदेशमा जसपाद्वारा समानुपातिक सांसदमा निर्मला भट्टराईलाई सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुम्बिनी प्रदेशमा जसपाद्वारा समानुपातिक सांसदमा निर्मला भट्टराईलाई सिफारिस

बिमल क्षेत्री,
रुपन्देही । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ ।

पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए । लुम्बिनी प्रदेशमा जसपाका ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका थिए ।

जसमा सन्तोष पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । कल्पना पाण्डेय समानुपातिक सूचीमा परेकी थिइन् । उनको ठाउँमा पार्टीले निर्मला मुडभरी भट्टराईको नाम पठाउने निर्णय गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);