नवनियुक्त मुख्यमन्त्री पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा उपलब्ध गराउने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

नवनियुक्त मुख्यमन्त्री पोखरेल नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय : पूर्वमुख्यमन्त्रीलाई सेवा सुविधा उपलब्ध गराउने

कास्की । गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्रीहरुलाई प्रदेश सरकारले सेवा सुविधा उपलब्ध गराउन भएको छ ।

नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको आह्वानमा आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्व मुख्यमन्त्रीहरुलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले संघमा दिइएको सुविधालाई मध्येनजर गर्दै पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने निर्णय गरेको छ । सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री नियुक्त भएका कुमार खड्काले पूर्व मुख्यमन्त्रीहरुलाई सम्मानका लागि ऐन बन्ने समेत जानकारी गराएका छन् ।

यसका साथै मन्त्रिपरिषद् बैठकले प्रदेशको आगामी आर्थिक वर्षको बजेट मुख्यमन्त्री पोखरेलले प्रस्तुत गर्ने निर्णय गरेको छ । जेठ ३१ गते सरकारको नीति तथा कार्यक्रमि र आसर १ गते बजेत ल्याउन पर्ने संवैधानिक दायित्वका बीच मुख्यमन्त्री पौडेलले बजेट प्रस्तुत गर्न लागेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);