एमालेका पूर्व सांसद अमर डाँगी मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

एमालेका पूर्व सांसद अमर डाँगी मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकारमा अमर बहादुर डाँगीलाई नियुक्त गरेका छन् ।

बिहीबार मुख्यमन्त्री र मन्त्रीहरुको सपथ ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डाँगीलाई सहायक राज्यमन्त्री स्तरको सेवा सुविधा प्रदान गरिने गरी डाँगीलाई मुख्यमन्त्रीको प्रमुख सल्लाहकारमा नियुक्त गरिएको बताइएको छ ।

एमालेका सांसद रहेका डाँगीले गएको बैशाख २२ गते सांसद पदबाट राजीनामा दिएका थिए । डाँगी दाङ क्षेत्र नं.२ ख बाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);