प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल | ईमाउण्टेन समाचार

Our Network

फागुन १४ २०८०, सोमबार

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गर्नुभएको छ ।

सिन्धुली स्थायी घर भएका गजुरेल २०७४ मा सिन्धुली–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०३३ सालदेखि राजनीतिमा सक्रिय रहँदै आउनुभएका उहाँ २०४२ सालमा नेकपा (मसाल) को केन्द्रीय सदस्य बन्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले यसअघि स्वकीय सचिवालयमा छोरी गंगा दाहालसहित ७ जनालाई नियुक्त गरिसक्नु भएको छ । प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरैलाई नियुक्त गरिएको छ ।

Leave a Reply