न्यायाधीश राउत र रेग्मीको संयुक्त इजलासले अफताब आलमको मुद्धामा ‘हेर्न नमिल्ने’ आदेश | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०७९, बुधवार

न्यायाधीश राउत र रेग्मीको संयुक्त इजलासले अफताब आलमको मुद्धामा ‘हेर्न नमिल्ने’ आदेश

alam

काठमाडौं । जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध सर्वोच्च पुगेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्धामा शुक्रबार हेर्न नमिल्ने आदेश जारी गरिएको छ ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आलमको मुद्दामा हेर्न नमिल्ने आदेश गरेको हो । इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलम सर्वोच्चमा पुगेका थिए ।

आलमको रिट यसअघि पनि पटक पटक पेशीमा परेपनि सुनुवाइ भएको थिएन ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।

Leave a Reply