अफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

अफताब आलमको मुद्दामा आज पनि सुनुवाइ भएन

काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ स्थगित भएको छ ।

विपक्षको कानून व्यवसायीबाट स्थगितका लागि माग भएपछि शुक्रबार आलमको मुद्दामा सुनुवाइ नभएको हो । यसअघि पनि आलमको मुद्दा पटकपटक पेशी तोकिएर पनि सुनुवाइ हुन सकेको थिएन ।

आलमको मुद्दा शुक्रबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको थियो ।

यसअघि आलमको मुद्धा गएको साउन २९ गते पेशीमा चढेको थियो । तर सो दिन न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आलमको मुद्दामा हेर्न नमिल्ने आदेश गरेको थियो ।

इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलमले सर्वोच्चमा पुगेका थिए ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टीमा जलाएर हत्या गरेको अभियोग छ ।

मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);