आलमको मुद्धा न्यायाधीशद्वय कार्की र फुँयालको इजलासमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

आलमको मुद्धा न्यायाधीशद्वय कार्की र फुँयालको इजलासमा

alam

काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्धा शुक्रबार सर्वोच्च अदालतमा पेशीमा परेको छ ।

जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध सर्वोच्च पुगेका आलमको मुद्दा न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा परेको हो ।

इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलमले सर्वोच्चमा पुगेका थिए ।

यसअघि गएको भाद्र ११ गते पेशी चढेको थियो । तर विपक्षी कानून व्यवसायीबाट स्थगितका लागि माग भएपछि त्यो दिन सुनुवाइ नभएको थियो ।

आलमको रिट यसअघि पनि पटक पटक पेशीमा परेपनि सुनुवाइ भएको थिएन ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टामा जलाएर हत्या गरेको अभियोग छ । मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);