अफताब आलमको मुद्धामा आज सुनुवाइ हुने, मुद्धा न्यायाधीशद्धय राउत र ढुंगानाको बेञ्चमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अफताब आलमको मुद्धामा आज सुनुवाइ हुने, मुद्धा न्यायाधीशद्धय राउत र ढुंगानाको बेञ्चमा

alam

काठमाडौं । जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्न दिएको आदेशविरुद्ध सर्वोच्च पुगेका नेपाली कांग्रेसका निलम्बित सांसद अफताब आलमको मुद्धामा आज सुनुवाइ हुँदै छ ।

आलमको मुद्धा शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा परेको छ ।

यसअघि आलमको मुद्धा गएको साउन २९ गते पेशीमा चढेको थियो । तर सो दिन न्यायाधीशद्धय प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासले आलमको मुद्दामा हेर्न नमिल्ने आदेश गरेको हो ।

इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश विरुद्ध आलमले सर्वोच्चमा पुगेका थिए ।

आलमको रिट यसअघि पनि पटक पटक पेशीमा परेपनि सुनुवाइ भएको थिएन ।

२०७० सालको निर्वाचन जित्नका लागि आलमले भारतबाट पेशेवर गुण्डाहरु नेपाल ल्याई विष्फोटक पदार्थ निर्माण गर्ने क्रममा विष्फोटन भएपछि घाइते रहेका र जीवीत मजदूरलाई सोही भट्टीमा जलाएर हत्या गरेको अभियोग छ ।

मृतकका परिवारले आलमविरुद्ध जाहेरी दिएपछि उनीविरुद्धको मुद्धा अघि बढाएर थुनामा राखिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);