एकीकृत समाजवादीको महासचिवमा पाण्डे र पौडेलको दौडधुप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

एकीकृत समाजवादीको महासचिवमा पाण्डे र पौडेलको दौडधुप

काठमाडौं । नवगठित नेकपा एकीकृत समाजवादीको पहिलो लक्ष्य मन्त्रिपरिषद् विस्तार रहेको छ । एमालेबाट अलग भएर माधवकुमार नेपाल नेतृत्वमा गठित समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्नेमा जोड दिँदै गृहकार्य थालेको छ ।

गत असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भए पनि हालसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा सत्तारुढ गठबन्धन आलोचित बनिरहेको छ । जस कारण समाजवादीले मन्त्रिपरिषद्लाई पूर्णता दिन आफ्नो पार्टीबाट सहभागी हुने नेताहरुको नाम टुंग्याउने प्रयास थालेको छ ।

मन्त्रिपरिषद् विस्तारपछि समाजवादीले राष्ट्रिय भेला आयोजना गरेर पदाधिकारी, केन्द्रीय सदस्य र जनवर्गीय संगठनहरुको टुंगो लगाउने भएको छ । मन्त्रिपरिषद् विस्तारको एक हप्तापछि राष्ट्रिय भेला आयोजना गरेर पदाधिकारीदेखि जनवर्गीय संगठन निर्माण गर्ने समाजवादीको तयारी छ ।

समाजवादीले १७ सदस्यीय पदाधिकारी र एक सय ५१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने भएको छ । तर, अहिले समाजवादीमा महासचिवका लागि दुई नेताको दौडधुप सुरु भएको छ । महासचिवका लागि राजेन्द्र पाण्डे र डा। विजय पौडेलको धुडधुप सुरु भएको हो ।

पछिल्लो समय पौडेल अध्यक्ष नेपालको विश्वासपात्रको रुपमा देखिन थालेका छन् । गठबन्धनको बैठकमा समेत आफ्नो प्रतिनिधिको रुपमा नेपालले पौडेललाई पठाउने गरेका छन् । भीम रावलसहितका नेताहरुले साथ छाडेपछि अध्यक्ष नेपालको विश्वासपात्रको रुपमा पौडेल देखा परेका हुन् ।

यता नयाँ दल दर्ताका लागि आवश्यक सबै बन्दोबस्त मिलाउने कार्य भने राजेन्द्र पाण्डेले गरेका छन् । यसर्थ महासचिव चयन गर्न समाजवादीलाई सकस पर्ने देखिन्छ ।

आगामी राष्ट्रिय भेलाबाट ७३ जिल्ला र सात प्रदेशमा जनवर्गीय संगठन क्रियाशील बनाउने तयारी गरेको छ । पार्टी गठनपछि पत्रकारको संगठन निर्माण गरिएको छ ।

शम्भु श्रेष्ठको नेतृत्वमा समाजवादी प्रेस नेपाल गठन गरेको एकीकृत समाजवादीले १७ जनवर्गीय संगठन सक्रिय बनाउने भएको हो । एमालेसँग समानान्तर समिति गठन गरेको क्रियाकलाप गर्दै आएको नेपाल समूहले अब पार्टी गठन गरेपछि सोहीअनुसार अघि बढ्न लागेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);