प्राकृतिक विपत्तिबाट मृत्यु भएमा १ लाख उपलब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्राकृतिक विपत्तिबाट मृत्यु भएमा १ लाख उपलब्ध

बुटवल, १४ असार । प्रदेश ५ को सरकारले प्राकृतिक विपत्तिमा मृत्यु भएकाको परिवारलाई १ लाख राहत रुकम उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विपत्ति सम्बन्धि मापदण्ड कार्यविधि पारित गर्दै विपत्तिमा मृत्यु भएकको परिवारलाई १ लाख दिने निर्णय गरेको हो ।

पारित मापदण्ड कार्यविधिमा विपत्तिमा घर नष्ट भएमा ३५ हजार, बाहलमा बसेकालाई १० हजार, कृषकलाई बिउ खरिदका लागि १० हजार, व्यवसायमा क्षति भएमा ५० हजार उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै बैठकले प्रदेश लोकसेवा आयोग गठन सम्बन्धि र मुख्य न्यायाधिवक्ताको सेवा सुविधा सम्बन्धि विधेयक प्रदेश सभामा पठाउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);