नेपाल र अष्ट्रेलियाबीच कमला नदीको “स्टेट अफ दी बेसिन” सम्झौता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

नेपाल र अष्ट्रेलियाबीच कमला नदीको “स्टेट अफ दी बेसिन” सम्झौता

काठमाडौं । नेपाल र अष्ट्रेलिया सरकारबीच कमला नदीको “स्टेट अफ दी बेसिन” प्रतिवेदनमा आधारित रहेर काम गर्ने समझदारी भएको छ ।

शुक्रबार काठमाडौंस्थित एक होटलमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट उर्जा तथा जलस्रोत सचिव सागर कुमार राई र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्कले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच सम्झौता भएको सचिव राईले बताए । उनले यसमा अन्य जेभीएस र पीआई संस्था पनि रहेको बताए ।

सचिव राईले ४ वर्षको दौरानपछि कमला नदीको पानीलाई कसरी व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र वातावरणको हिसावमा, चुरे दोहन रोक्ने लगायतका हिसावमा कमला नदी स्टेट अफ दी बेसिन प्लान तयार भएको बताए । उनले यो समझदारी पत्रले चुरे क्षेत्रको संरक्षणमा कसरी काम गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।

जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलालले अष्ट्रेलियाले नेपाललाई लगातार सहयोग गरिरहेको बताए । उनले अष्ट्रेलियाले जल तथा उर्जा क्षेत्र र कमला नदी बेसिनको क्षेत्रमा ५ वर्ष यता निरन्तर सहयोग गरिरहेको स्मरण गरे ।

त्यसैगरी नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी बोल्कले यो सम्झौता जल तथा उर्जा क्षेत्रको लागि महत्वपूर्ण रहेको बताईन् । उनले जल तथा उर्जा क्षेत्रमा नेपाल र अष्ट्रेलियाबीचको यो सम्झौता अविष्मरणीय रहेको बताईन् ।

राजदूत बोल्कले यस समझदारीले स्थानीय आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानिक कृषिमा जोड दिने उल्लेख गरिन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);