चिकित्सक संघले आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

चिकित्सक संघले आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने

काठमाडौं, २४ असोज । नेपाल चिकित्सक संघले आइतबार (असोज २५ गते) देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनशनमा बस्नु भएका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।

संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताउनुभयो । आमरण अनशनमा रहनु भएका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफुहरु बाध्य भएको पनि उहाँले बताउनुभयो । सरकार गम्भिर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सिमित गरिएको भन्दै संघले गम्भिर आपत्ति समेत प्रकट गरेको छ ।



आईतबार सम्म पनि सत्याग्रहको अन्त्य गराउने गरी सरकार प्रस्तुत नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने महासचिव रिजालले बताउनुभयो । संघले आइतबारका लागि घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई संघका सम्पूर्ण शाखाकार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्य संस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कार्यान्वयन गर्ने र त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने समेत डा. रिजालले बताउनुभयो ।

डा. केसी आमरण अनशनमा बस्नु भएको आज २७ दिन पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);