चिकित्सकहरुले गरे देशभरका ओपीडी सेवा बन्द,बिरामी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

चिकित्सकहरुले गरे देशभरका ओपीडी सेवा बन्द,बिरामी मर्कामा

काठमाडौं, ३१ भदौ । नेपाल चिकित्सक संघले आन्दोलन गर्दै आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्दा बिरामी मर्कामा परेका छन् । चिकित्सकहरुले सबै सेवा बन्द गर्दा बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट बन्चित भएका हुन् ।

संघले गत बिहीबार आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । सन्चो अस्पताल हेटौँडामा कार्यरत चिकित्सकद्वय डा.विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले घटनामा संम्लग्नहरुलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै संघले ओपीडी सेवा बन्द गराएको हो ।

चिकित्सकमाथि कुटपिट गर्ने हरुलाई सो अवधिभित्र कारबाहीको दायरामा नल्याएको भनदै संघले आज सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेको हो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);