तलब नपाएपछि ओपीडी सेवा बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तलब नपाएपछि ओपीडी सेवा बन्द

hospital

काठमाडौं, १७ असोज । लामो समयमदेखि तलब नपाएको भन्दै जिल्ला अस्पताल सुनसरीका चिकित्सक तथा कर्मचारीले अस्पतालको ओपीडी सेवा नै बन्द गरेका छन्। विगत ६ महिनादेखि बिना तलब काम गर्दै आएका चिकित्सक र कर्मचारीले दसैंमा पनि निराश बनाएको भन्दै तलबको माग गरेर बुधबारदेखि आकस्मिकबाहेक सबै सेवा बन्द गरेका छन्।

गम्भीर प्रकिृतिका बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आकिस्मक सेवा सुचारु राखे पनि ओपीडीका सबै सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन्। चिकित्सकले बिरामी जाच्न छाडेपछि उपचारका लागि अस्पतालमा आउने बिरामी जाँच नै नगरी घर फर्किन बाध्य छन्। इनरुवा अस्पतालका प्रमुख विना शाक्यले आफू र आफू निकटका कर्मचारीलाई मात्र तलब भुक्तानी गरेर बिदामा बसेको आरोप लगाउँदै चिकित्सक र करार कर्मचारीहरूले आकस्मिक सेवा बाहेकका सबै सेवा ठप्प पारेको स्वास्थ्यकर्मी प्रमोद मेहताले बताए।

उनले दसैँ जस्तो पर्वमा पनि चिकित्सक तथा कर्मचारीलाइै बेवास्ता गर्दै प्रमुख शाक्यले लेखामा बनेको चेक पनि सही नगरी बिदामा बसेको आरोप लगाए। ओपीडी सेवा बन्द भएपछी सुनसरीको इनरुवा नगरपालिका, कोसी, भोक्राहा नर्सिङ, गडी, हरिनगरा, देवानगन्ज लगायतका गाउँपालिकाबाट उपचारका लागि आउने बिरामी उपचार नपाएर घर फर्किनुपरेको स्थानीय वीरेन्द्र मेहताले गुनासो गरे। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);