देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सकको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सकको घोषणा

काठमाडौं, २ साउन । नेपाल चिकित्सक संघले बिहीबार देशभरको सरकारी तथा नीजि अस्पतालमा आकस्मिक बाहेक सबै सेवा बन्द गर्ने घोषणा गरेको छ ।

जुम्लामा १९ दिनदेखि अनशनमा रहेका चिकित्सक केसीको मागप्रति सरकारले वेवास्ता गरेको भन्दै संघले सेवा ठप्प पार्ने निर्णय गरेको हो । संघले एक दिने बन्दपछि पनि सरकारले चाँसो नदिएमा अनिश्चितकालका लागि सेवा बन्द चेतावनी दिएको हो ।

यसैबीच अनसनरत चिकित्सक गोबिन्द केसीले मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न माग गरेका छन् । बुधबार विज्ञप्ती जारी गर्दै चिकित्सक केसीले कर्मचारीहरुसँग वार्ता गरेर निकास ननिस्कने भन्दै अधिकारसम्पन्न मन्त्रीस्तरीय वार्ता टोली गठन गर्न माग गरेका हुन् ।

आवश्यक म्याण्डेट नै नदिई कर्मचारीमात्र सम्मिलित वार्ता टोली बनाएर झारा टार्ने काम मात्र भएको केसीको भनाइ छ । सरकार अझै वार्ताका लागि जिम्मेवार र संवेदनशील नभएको भन्दै केसीले अहिलेको अवस्थामा वार्ता गर्नुको औचित्य नभएको बताए ।

वार्तालाई तार्किक निष्कर्षमा पु-याउनका लागि तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेट सहितको वार्ता टोली पठाउन केसीले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);