चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी सेवा प्रभाबित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

काठमाडौं, ११ असोज ।  चिकित्सकहरुको आन्दोलनका कारण वुधबार पनि देशभरका अस्पतालमा विरामीले ओपीडी सेवा पाएनन् ।

नेपाल चिकित्सक संघले देशभरीका अस्पतालमा आकस्मिक कक्ष बाहेकका सेवा बन्द गरेका आज छैंटौं दिन भएको छ । मन्त्रिपरिषद् बैठक र स्वास्थ्यमन्त्री गिरीराजमणी पोख्रेलले चिकित्सकहरुको माग पुरा गर्न सरकार सकारात्मक रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्ह गरेका छन् । तर चिकित्सकहरुले आन्दोलन फिर्ता नलिएका कारण विरामीले उपचार पाएका छैनन् ।

चिकित्सकको लापरवाहीले विरामीको ज्यान जाने घटना बढेको भन्दै सरकारले चिकित्सकको लापरवाहीले विरामीको ज्यान गएमा सम्बन्धित चिकित्सकबाट क्षतिपुर्ती भराउनेगरी विधेयक बनाउन स्थास्थ्य मन्त्रालयलाई निर्देशन दिएसँगै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);