चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलनमा जानु गलत : गगन थापा | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

काठमाडौं, १० असोज । सत्तारुढ नेपाली काँग्रेसका नेता एवम् पूर्व स्वास्थ्य मन्त्री गगन थापाले चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन थालेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

पूर्वमन्त्री थापाले ओपीडी सेवा नै बन्द गरेर सुरु गरिएको आन्दोलनका कार्यक्रम स्थगित गरेर समस्या समाधानका लागि संवादको थालनी गर्न चिकित्सकहरुलाई सुझाव दिएका छन् ।

सरकारले चिकित्सकको लापर्वाहीले विरामीको मृत्यु भएमा सम्बन्धित चिकित्सकबाटै क्षतिपूर्ति भोराउने व्यवस्थासहितको विधेयक ल्याएको विरोधमा चिकित्सकहरुले देशभरका सरकारी अस्पतालको ओपीडी सेवा ठप्प पारेका हुन् ।

सोही प्रसंग उल्लेख गर्दै पूर्व मन्त्री थापाले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र बन्द गर्न चिकित्सकहरुले नमिल्ने स्पष्ट पारे । मंगलबार चितवनको भरतपुरमा संचारकर्मीमाझ कुरा गर्दै उनले संवादमार्फत समस्या समाधान गर्न चिकित्सकसँग आग्रह गरे।

पूर्व स्वास्थ्य मन्त्री थापाले सरकारले चिकित्सकहरुको माग सम्बोधन गर्ने कामलाई बेवास्ता नगर्नेमा आफू विश्वस्त रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);