सञ्चारमाध्यमले बदनाम गरेको भन्दै सिन्धुलीमा चिकित्सक आन्दोलित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सिन्धुली, १२ भदौ । स्थानीय सञ्चारमाध्यमले आफूहरुको बदनाम गरेको भन्दै सिन्धुली अस्पतालका चिकित्सक आन्दोलित भएका छन् ।

 

जिल्लाबाट प्रकाशन हुने दैनिक पत्रिका र अनलाइनले अपशब्द प्रयोग गरी आफूहरुको मनोबल गिराउने तथा प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै चिकित्सकहरुले सोमबार जिल्ला अस्पतालको ओपीडी सेवा बन्द गरे । आइतबार र सोमबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले सामाचार प्रकाशन गर्ने संस्था र समाचार लेख्ने सञ्चारकर्मीले उक्त समाचारको खण्डन गर्दै माफी माग्नुपर्ने माग गरेका छन् । स्थानीय सञ्चारमाध्यमले मनपरी समाचार प्रकाशित गरेपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले बताएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुवास कार्कीले पनि अभद्र व्यवहार भएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएको बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);