डाक्टर गोविन्द केसी अस्पताल भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १३ भदौ । २३ दिन लामो आमरण अनशन तोडेर बाढीपीडितको सेवामा खटिएर फर्किएका प्राध्यापक डाक्टर गोविन्द केसी अस्पताल भर्ना भएका छन्।

 

हिजोदेखि अत्याधिक पेट दुखेपछि उनी अस्पताल भर्ना भएका हुन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ । केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

 

खाना नखाएर शरीर कमजोर भएकाले बिरामी भएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

 

बाढीपीडितको उपचारका लागि सप्तरी गएका बेला पनि विरामी भएपछि केसीलाई त्यहाँ पनि स्लाइन चढाइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);