एजेन्सी, १३ भदौ । धार्मिक रुपमा पूजा गरिने तुलसीमा आयुर्वेदिक तत्व प्रचुर मात्रामा पाईन्छ । औषधीय गुण भरपूर मात्रामा पाईने तुलसी रुप रंगको सुन्दरताका लागि पनि उत्तिकै लाभदायिक मानिन्छ ।
सुन्दर त्वचा र कपालको लागि तुलसीको प्रयोग गर्न सकिन्छ । छाला र कपालसँग सम्बन्धित समस्या समाधान गर्न तुलसी लाभदायिक हुन्छ । किनकी तुलसीको प्रयोगबाट कुनै पनि नकारात्मक असर पर्दैन ।
– तुलसी र नीमको पातलाई पिसेर लेप तयार गर्ने । उक्त लेपलाई महको केही थोपा मिसाएर डण्डीफोर आएको ठाउँमा लगाउने र सुकेपछि धुने । लगातार केही दिन यसो गर्नाले डण्डीफोरबाट छुट्कारा पाउन सकिन्छ ।
– यदि तपाई कपालमा चायाँ परेर हैरान हुनुभएको छ भने तुलसीको पातबाट बनेको लेपलाई अमलाको धुलोमा मिसाएर लेदे बनाउनुहोस् र कपालमो लगाउनुहोस् । यसो गर्नाले चायाँबाट छुटकारा मिल्छ । अथवा तुलसीको पात राखेर उमालेको पानीले नुहाउन पनि सकिन्छ ।
दाँतमा पहेँलोपन देखिनु आम समस्या जस्तै भएको छ । तुलसीको पातलाई सुकाएर पाउडर बनाउने र सुन्तलाको बोक्रासँगै पिसेर तयार भएको पेस्टले दाँता माझ्ने गर्नु उपयुक्त हुन्छ ।




