कपिलवस्तुमा झाडापखालाको प्रकोप, तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

शम्भु माली, कपिलबस्तु, १३ भदौ ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर ७ मा झाडापखालाको प्रकोप फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएकोे छ ।

 

महाराजगन्ज नगरपालिका वडा नम्बर ७ का अधिकांशलाई टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याले सताएको छ । नगरपालिकाको सतभरा र गघौंडीमा फैलिएको झडापखालाबाट १ सय २० जना भन्दा बढी प्रभावित छन् ।

बर्षाका कारण आएको बाढीले पानीको श्रोत दुषित बनाउँदा महामारी फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ ।

 

झाडापखालाका कारण हालसम्म तीन जनको मृत्यु भइसेको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिका वडा नम्बर ७ सत्भराका ८ वर्षीय तारेस रैदास, ६ बर्षीय रिन्का यादव र गघौंडीका ३५ वर्षीय शान्तिदेवी चमार रहेका छन् । झाडापखालाबाट ग्रसित केही विरामीहरुको शिवराज अस्पतालमा उपचार भैरहेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);