कपिलवस्तुमा झाडापखालाका कारण एकको मृत्यु, ५० बढी विरामी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कपिलवस्तुमा झाडापखालाका कारण एकको मृत्यु, ५० बढी विरामी

कपिलवस्तु, ४ भदौ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा झाडापखालाका कारण एकको मृत्यु भएको छ भने ५० वढी विरामी परेका छन् ।

 

मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका– ७ सत्भराका चैतराम रैदासका आठ वर्षीय छोरा तारेख रैदास रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विष्णु जयसवालले जानकारी दिए ।

 

प्रदूषित पानी पिएका कारण झाडा पखालाको प्रकोप फैलिएको हुन सक्ने जिल्ला स्वास्थ्य कार्यालयले प्रारम्भीक अनुमान गरेको छ । दूषित पानीमा मारेका माछा खाएका कारण पनि यस्तो समस्या देखिएको हुन सक्ने स्वास्थ्य कार्यालयको ठम्मायाई छ । सरसफाइको कमीका कारण पनि झाडापखालाको प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

 

अहिले झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगिसकेको छ । सामान्य अवस्थाका विरामीलाई गाउँमै स्वास्थ्यकर्मीको टोलीले उपचार गरिरहेको छ । अलि जटिल देखिएका विरामीहरुको बहादुरगञ्ज अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);