बैतडीमा स्क्रब टाइफसका विरामी बढ्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

बैतडीमा स्क्रब टाइफसका विरामी बढ्दै

बैतडी । पछिल्लो समय बैतडीमा स्क्रब टाइफसका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पतालमा उपचार लागि आएकामध्ये  दैनिक २/३ जना विरामीमा स्क्रब टाइफसको संक्रमण देखिने गरेको छ । चालु आर्थिक वर्षको तीन महिनामा ४५ जनामा स्क्रब टाइफस पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए ।

जिल्ला अस्पतालमा मात्रै नभई अन्य स्वास्थ्य संस्थाहरुमा समेत स्क्रब टाइफसका विरामी भेटिएको बताइएको छ । जिल्लामा विरामी बढे पनि यकिन तथ्यांक आउन बाँकी रहेको सूचना अधिकारी पन्तले बताए । माइट नामक किर्नाको टोकाईबाट स्क्रब टाइफसको संक्रमण हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्यकर्मीले जोड दिएका छन् ।

झाडी, झ्याङ भएका ठाउँमा माइट बस्ने भएकाले सकभर त्यस्तो ठाउँमा नबस्न स्वास्थ्यकर्मीको आग्रह छ । स्क्रब टाइफस भएमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, शरीरमा राता डाबरहरु आउनेलगायतका लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क राख्न स्वास्थ्यकर्मीको सुझाव छ ।

स्क्रब टाइफसमा पनि टाइफाइड ज्वरोजस्तै लक्षण देखिने भएकाले समयमा नै अस्पतालमा गई चेकजाँच गर्न स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले  आग्रह गरे । स्वास्थ्य संस्थामा चेकजाँच गरेपछि स्क्रब टाइफस भए/नभएको बारेमा जानकारी हुने स्वास्थ्यकर्मीले बताएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);