चितवनमा स्क्रब टाइफसको विरामी भेटिए | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०७९, शुक्रबार

चितवनमा स्क्रब टाइफसको विरामी भेटिए

चितवनमा स्क्रब टाइफसको विरामी भेटिएका छन् । गत साउन महिनामा ४ सय ३१ जना बिरामीको नमूना परीक्षण गर्दा ८२ जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

मुसामा हुने किरा (माइट)को टोकाईबाट यो रोग लाग्ने गर्दछ । गत बर्ष पनि ४सय १० जनामा स्क्रब टाइफस रोग भेटिएको थियो । यस्तै, साउन महिनामा ५ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३सय ४६ जनामा परीक्षण गर्दा पाँच जनामा डेंगु रोग भेटिएको होे । डेंगु संक्रमित तीन जना चितवनका हुन् भने दुई जना अन्य जिल्लावासी हुन् । गत बर्ष ५९ जनामा डेंगुको संक्रमण भेटिएको थियो ।