डेंगु नियन्त्रण गर्न सरकारको 'खोज र नस्ट गर' अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डेंगु नियन्त्रण गर्न सरकारको ‘खोज र नस्ट गर’ अभियान

dengu

प्रमिला भण्डारी
काठमाडौं, २६ साउन । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश १ मा सबैभन्दा बढी देखिएको डेंगुको संक्रमण सबै प्रदेशमा देखिएको छ । डेंगुको संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागी सरकारले खोज र नस्ट गर अभियान समेत गरिरहेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको विगत ५ वर्षको तथ्याङक हेर्दा नेपालमा डेंगुको संक्रमण बढ्दो अवस्थामा रहेको छ । तथ्याङक अनुसार प्रदेश १ मा डेँगुको संक्रमण सबैभन्दा बढि छ । प्रदेश नम्बर १ मा गत आर्थिक वर्ष २०७४/७५ मा १९ जनामा भेटिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ हजार एक सय ५२ जनामा यसको संक्रमण भेटिएको हो ।

प्रदेशक १ को पनि सुनसरी जिल्लामा सबै भन्दा बढि ३ हजार २५ जनामा यसको संक्रमण भेटिएको हो । महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७४/७५ मा देशभर ८ सय ११ जनामा भेटिएकोमा आर्थिक वर्ष २०७५/७६ मा ३ हजार ४ सय २५ जनामा भेटिएको छ । त्यस्ौले यसलाई नियन्त्रण गर्नको लागी सरकारले खोज र नस्ट गर अभियान सञ्चालन गरिरहेको छ ।

सरकारले अहिलेसम्म बढि प्रभावित क्षेत्रहरु चितवन, महोत्तरी, झापा, सुनसरी, धादिङ लगायतमा अभियान सञ्चालन गरिसकेको छ भने अन्य ठाउँहरुमा पनि सञ्चालनको तयारी गरिएको महाशाखाले जनाएको छ । अभियानमा विभिन्न जिल्लाहरुमा गएर प्रत्येकको घर घरमा रहेका पानी जम्ने र संक्रमण फैलन सक्ने ठाउँहरु खोजेर नस्ट गर्नुको साथै जनचेतनामुलक कार्यक्रमहरु गर्ने गरिएको छ । तर यस्लाई नियन्त्रण गर्नको लागी व्यक्ति स्वयंले वातावरणीय सरसफाईलाई ध्यान दिनु पर्ने सरोकारवालाको भनाई छ ।

डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक किसिमको संक्रामक रोग हो । डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ ।

नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा एक विदेशीमा यो संक्रमण भेटिएको थियो । त्यसयता नेपालमा यस रोगको संक्रमण फैलँदै गएको हो । अहिले ३ हजार भन्दा बढी नेपालीमा यसको संक्रमण देखिएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);