बिरामी गुणस्तरहीन औषधि सेवन गर्न बाध्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

बिरामी गुणस्तरहीन औषधि सेवन गर्न बाध्य

medicine

काठमाडौं, ९ भदौ । ब्रान्ड नेमका आधारमा औषधि सिफारिस गर्दा चिकित्सकले कमिसनको लोभमा कुनै एउटा कम्पनीको मात्र औषधि सिफारिस गर्न सक्छन् र त्यसो गर्दा औषधि महँगो हुने ठानिन्थ्यो । तर अहिले औषधि प्रेस्काइप (सिफारिस) गर्दा चिकित्सकले जेनेरिक नाम लेख्नुपर्ने कानुनी व्यवस्था ल्याइँदैछ । अब फेरि फार्मेसीले कमिसनको चक्करमा गुणस्तरहीन औषधिको बिगबिगी बढ्नसक्ने देखिएको छ ।

औषधि व्यवस्था विभागले भने औषधिको जेनेरिक नाम लेख्दा उपभोक्तलाई औषधि धेरै सस्तो मूल्यमा दिन सकिने जनाएको छ । तर व्यवसायीहरूले भने जेनेरिक नाममा जुन कम्पनीले फार्मेसीलाई बढी कमिसन दिन्छ त्यही औषधि मात्र बेच्ने भएकोले बिरामीले गुणस्तरहीन औषधि सेवन गर्न बाध्य हुने आशङ्का गरिएको छ ।

औषधिको जेनेरिक नाममा फार्मेसीले जुनसुकै कम्पनीको औषधि दिनसक्ने भएकाले बिरामी निको हुन समस्या हुने औषधि उत्पादकको भनाइ छ ।
औषधिमा हुने औषधीय तत्व वा गुणका आधारिमा जेनेरिक नाम राखिन्छ तर त्यही तत्व वा गुण भएका औषधिलाई फरक उत्पादक कम्पनीले फरक फरक ब्रान्डमा उत्पादन गर्छन् ।

नेपाल औषधि उत्पादन संघका अध्यक्ष दीपक दाहालले सरकारले जेनेरिक नाममा औषधि प्रेस्किप्सन गर्ने व्यवस्था गरे बजारमा गुणस्तरहीन औषधिले प्रोत्साहन पाउने बताए ।

यो खबर आजको गाेरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);